धन बोहरा ,पुस १७ गते, डोटी : चैतन्य पाठशाला तथा एकेडेमीद्वारा विद्यालयलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।
मंगलबार डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ५ मा रहेको दर्जाकोट माध्यमिक विद्यालयमा विद्यालयको छैटौँ वार्षिक संस्करण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरेको हो ।
चैतन्य शैक्षिक जागरण अभियान अन्तरगत ग्रुपले दर्जाकोट माध्यमिक विद्यालयमा अध्ययनरत दुई सय ९१ जना विद्यार्थीलाई स्विटर , एउटा ल्यापटप र पुस्तकालयका सामाग्रीहरू विद्यालयलाई हस्तान्तरण गरेको चैतन्य ग्रुपका अध्यक्ष गणेश जोशीले बताए ।
चैतन्य ग्रुपले दूर दराजमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर सहित प्रविधिमैत्री तथा संस्कार सहितको शिक्षा जागरण गर्नु यसको उद्देश्य भएको बताउँदै सोही अभियान अन्तरगत शैक्षिक सामग्री वितरण गरेको चैतन्य ग्रुपका अध्यक्ष गणेश जोशीले बताए ।
दूर दराज आएर शैक्षिक क्षेत्रमा गरेको सहयोगले विद्यालय र विद्यार्थीलाई राहत पुगेको वडा अध्यक्ष राम बहादुर बोहराले बताए ।
विभिन्न शैक्षिक सामग्रीले विद्यालयमा शैक्षिक सुधारमा सहयोग पुग्ने प्रअ हर्क बोहराले बताए ।
चैतन्य पाठशालाले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष जोशीले बताए ।