Sujang

डोटी मालपोत कार्यालयमा डोटेली भाषाको अडियो बडापत्रको सुरुवात

Ban
गणेश मौनी ,१६ पुस,डोटी : जिल्ला मालपोत कार्यालय डोटीमा पहिलो पटक डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रको सुरुवात गरिएको छ ।

डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रको मंगलबार डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले उद्घाटन गरेका हुन् । अडियो बडापत्रको उद्घाटन गर्दै प्रजिअ जोशीले कार्यालयमा सेवाग्राहीहरूलाई सेवा लिन आउँदा कुनै प्रकृतिको हैरानी बेहोर्नु नपरोस् सहजता होस, सेवाको गुणस्तर कायम हुनुका साथै छिटो छरितो सेवा प्रवाहमा थप टेवा पुगोस् भन्ने हेतुले अडियो बडापत्रको सुरुवात गरिएको बताए ।

उनले भने यो निकै प्रभावकारी हुन्छ किनभने यो नितान्त रूपमा आम सेवा ग्राहीले बुझ्ने डोटेली भाषामा तयार गरिएको छ यसमा कार्यालयले कुन कुन सेवा उपलब्ध गराउँछ, कुन सेवा लिन कुन कोठा जाने, आवश्यक कागजात के के चाहिन्छ, प्रक्रिया के हो, कति समय लाग्छ, दस्तुर कति लाग्छ, समयमै काम नभए गुनासो गर्नको लागि गुनासो अधिकारीको नम्बर लगायतका सबै विवरणहरू अडियो मार्फत जानकारी गराउने भएकोले आम सेवा ग्राही सर्वसाधारण हरूका लागि यो अत्यन्तै प्रभावकारी हुने बताए । कार्यालयमा सेवा लिन आउने नपढ नलेखेका हरूका लागि पनि सुनेर सहज रूपमा सेवा प्राप्त गर्न सक्ने भएकोले यसको प्रभावकारिता रहने बताए ।

डोटी जिल्लाका सेवा ग्राहीहरूको धेरै भिडभाड हुने अन्य कार्यालयहरूमा पनि क्रमशः डोटेली भाषामा तयार गरिएको अडियो बडापत्रहरूको व्यवस्थापन गरिने समेत प्रजिअ जोशीले बताए ।

डोटी जिल्लामा डोटेली भाषामा अडियो बडापत्रको सुरुवात गरेको नयाँ अभ्यास हो । प्रजिअ जोशी डोटी जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा आइसकेपछि जिल्लामा रहेका सूचना अधिकारी र सञ्चार कर्मीहरू सँगको नियमित बैठकको सुरुवात गरी नयाँ अभ्यासको थालनी गरेका थिए । जुन निरन्तर चलिएको छ । जसको फलस्वरूप कार्यालयको सेवा प्रवाहमा सहजता हुनुका साथै सूचना अधिकारीहरूलाई सूचना व्यवस्थापन र  प्रवाहमा सहजता हुने सूचना अधिकारीहरू बताउँछन् ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.