पुस १० गते , डोटी : एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्रि तालिम दिपायलमा सम्पन्न भएको छ ।
दिपायलको पिपल्लामा सञ्चालनमा रहेको एक हप्ताको एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्रि तालिम एक कार्यक्रमका बिच बुधवार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले तालिमका सिकेका कुरालाई जिल्ला जिल्लामा गएर अन्यलाई पनि सिकाउन खेलाडीलाई अनुरोध गरे । खेलकुद स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण भएकाले सुदूर पश्चिम र नेपालको पहिचान खेलकुदबाट पर्दशन गरेका अगाडी बढ्न जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रशिक्षक धनिराम चौधरीले एक हप्ता सम्म तालिम सिकेका कुरालाई व्यवहारमा उर्तान तालिममा सहभागी सबै खेलाडीहरूलाई जोड दिए । खेलकुद क्षेत्रमा सुदूर पश्चिमले राम्रो पहिचान बनाउँदै गएको बताउँदै आगामी दिनमा पनि अझै राम्रो गर्न सवैमा शुभकामना दिए ।
समापनका कार्यक्रममा बोल्दै डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जिल्लामा पहिलो पटक एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्रिको तालिम सञ्चालन गरेको बताए । प्रशिक्षक र रेफ्रि नहुँदा खेलकुद गराउन गाह्रो हुने गरेको बताउँदै आगामी दिनमा प्रशिक्षक र रेफ्रिको अभाव परिपूर्ति हुँदै जाने बताए । तालिमले सुदूर पश्चिमको खेल क्षेत्रमा सहयोग पुग्ने उनले बताए ।
डोटी जिल्ला खेलकुद समिति डोटीको आयोजना तथा सुदूरपश्चिम खेलकुद परिषद् धनगढी कैलालीको सहयोगमा गरिएको तालिममा सुदूर पश्चिमका नौ वटै जिल्लाका एक एक जना सहभागी तथा डोटीका नौ वटै स्थानीय तहका गरि २३ जना प्रशिक्षार्थीहरू खेलाडीहरूको सहभागिता रहेको डोटी जिल्ला खेलकुद समिति कार्यालयका कार्यालय प्रमुख हर्क बोगटीले बताए ।
खेलाडीलाई प्रमाण पत्र वितरण सँगै प्रशिक्षकलाई पंशसा पत्र,मायाको चिनो प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा खेलकुद परिषद् सदस्य अनिल श्रेष्ठ, प्रशिक्षक रामचन्द्र जोशी , नेपाल पत्रकार महासंघका डोटीका अध्यक्ष प्रकाश बम लगायत खेलाडी ,पत्रकार लगायतको सहभागी रहेको थियो ।
समापन कार्यक्रमको सञ्चालन नेपाल कराते महासंघ डोटीका उपाध्यक्ष रोशन कोलीले गरेका थिए ।