पुस ,४ गते ,डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका भित्रका दस वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर परीक्षण सम्पन्न गरिएको छ । एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयहरूको शैक्षिक गुणस्तर परीक्षण गरिएको हो ।
यसका लागि दुई जना विज्ञ प्रशिक्षक शंकर कार्की, शंकर लुइँटेल खटिएका थिए।
विद्यालयहरूको शैक्षिक गुणस्तर परीक्षणका लागि खटिएको टोलीमा शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएका उहाँहरूले नगरपालिका भित्रका दस ओटा विद्यालयको अनुगमन गर्नुभएको थियो ।
विज्ञ टोलीले गएको साता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरे पश्चात् कार्यक्षेत्रमा खटिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ प्रशिक्षक लुइँटेल बताए।
विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्क भार दिने गरेको बताए ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै आएको विज्ञ प्रशिक्षक रूपमा परीक्षण भइरहेको केन्द्रका निर्देशक लुइँटेलले जानकारी दिए।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरिका करिब ६ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको उनले बताए ।
लगानी अनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिएका लुइँटेलले बताउँदै स्थानीय तहको पुनर्संरचनापछि शिक्षा क्षेत्रमा के कस्ता प्रभाव पर्यो ? भन्ने कुरा पनि यो अध्ययनले प्रस्ट्याउने उनले बताए । शैक्षिक गुणस्तर परीक्षण गर्दा विद्यालयको बृहत् अनुगमन पछि ४० प्रतिशत भन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने लुईटलले बताए।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले मापन गरेअनुसार दिसिनपाको अन्तिम नतिजा नगर प्रमुख बाजि सिंह खड्काको अध्यक्षतामा बुधवार कार्यक्रमको आयोजना गरी घोषणा गरिएको छ ।
विद्यालयको समग्र पक्षको अनुगमन पश्चात् मापन गरिएको नतिजा अनुसार
पद्म पब्लिक मा. वि.ले ८२.०९ प्रतिशत,सुनादेवी मा. वि.ले ६१.३० प्रतिशत ,चौखान मा. वि.ले ५९.९६ प्रतिशत नतिजा प्राप्त गरेको छ ।
त्यस्तै दिल्पेश्वर मा. वि.ले ५७.७९ प्रतिशत ,तेडी मा. वि. कलेनाले ५६.२५ प्रतिशत दुर्गा मा.वि.ले ५५.५९ प्रतिशत र कुमालीकोट मा.वि.ले ५०.०९ प्रतिशत प्राप्त गरेको छ ।
त्यसै गरि मगलेक मा.वि.ले ४१.६६ प्रतिशत र देवी मा.वि.ले ३६ . ९१ प्रतिशत प्राप्त गरेका छन् ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुरूप परीक्षणको काम भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
नगर भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर परीक्षण सार्वजनिक कार्यक्रममा नगर प्रमुख खड्का , प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकार ,वडा अध्यक्ष ,शिक्षा शाखा प्रमुख ,सामुदायिक विद्यालयका प्र.अ.लगायतको उपस्थिति रहेको थियो ।