Sujang

डोटीमा ५ जना सञ्चारकर्मी सम्मानित 

Ban

मंसिर २७ गते ,डोटी : डोटीमा पाँच सञ्चारकर्मी  सम्मानित भएका छन्।

नेपाल पत्रकार महासङ्घ डोटी शाखाको १४ औं साधारण सभाको अवसरमा ५ जना सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरूमा बिम्ब साप्ताहिकका सम्पादक रामहरी ओझा, रेडियो नेपालमा लामो समय देखि डोटेली भाषाका समाचार वाचक धिरेन्द्र चटौत, नेपाल टेलिभिजनका डोटी सम्बाददाता सुवास नेपाली, मुलुक न्युज अनलाइनका समाचार सम्पादक किरण धामी र रेडियो डोटी एफएमकी स्टेसन म्यानेजर रश्मी कुँवर रहेका नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष मोहन शाहीले जानकारी दिए। सम्मानित हुने सञ्चारकर्मीहरूलाई सम्मान पत्र, दोसल्ला र पाँच हजार रुपैयाँ नगद प्रदान  गरिएको शाहीले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.