


असोज ,१८ गते, कैलाली –कैलालीको खुटिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार जिल्लाको गोदावरी नगरपालिका-९ सेरीका १४ वर्षीय दिवाकर जोशी खुटिया खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
उनलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा फेला पारी तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको थियो। डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

