Sujang

डोटीको पुर्वीचौकीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Ban
दीपेन्द्र खड्का,कार्तिक ३० गते ,डोटी :डोटीको पुर्वीचौकी गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मङ्सिर १६ गते हुन लागेको उप निर्वाचनका लागि शुक्रवार गाउँपालिकाको वडा नं.६ गाजरीमा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयकाका निमित्त कार्यालय प्रमुख लक्ष्मी राज उपाध्यायले बताए ।
Krishi
पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रुद्र मणि गिरी,प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,पालिकाका जनप्रतिनिधि ,कर्मचारीको उपस्थितिमा औपचारिक रूपमा कार्यालयको स्थापना गरिएको छ ।
पालिकाको वडा नं.६ का वडाध्यक्ष पुष्पराज जोशीको २०७९ मङ्सिर १४ गते निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको छ । १५९२ मतदाता रहेको वडामा २ वटा मतदान स्थल रहेका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.