
कार्तिक १२ गते डोटी :राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमवार सिलगढीमा प्रयोगकर्तासँग तथ्याङ्कीय आवश्यकता, पहुँच र तथ्याङ्क विकासको चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका नगरप्रमुख बाजी सीँ खड्काले तथ्याङ्क संकलनमा सबैले जोड दिनुपर्ने बताउनु भयो । आधिकारिक तथ्याङ्क विना काम गर्दा स्थायित्व नहुने भएकोले तथ्याङ्क टेकेर कार्य अगाडी बढाउन आवश्यक रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख डा.शरद शर्माले प्रयोग कर्ताको आवश्यकता अनुसार तथ्याङ्क संकलन भएको छ या छैन भनेर देशका १८ वटा समन्वय कार्यालय रहेका जिल्लामा सुझाव सल्लाह र तथ्याङ्क प्रयोगको अवस्था लगायतका बारेमा बुझ्न अन्तरक्रिया कार्यक्रम गरिरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा प्रयोग कर्ताको तर्फबाट डोटी क्याम्पसमा कार्यरत विक्रम केसी र उत्पादकको तर्फबाट पदमराज पाण्डेले प्रस्तुतीकरण राखेका थिए ।
केसीले स्थानीय तहमा तथ्याङ्कको प्रयोग: समस्या र चुनौतीका बारेमा र पाण्डेले राष्ट्रिय तथ्याङ्क प्रणाली र तथ्याङ्क प्रयोग कर्ताको बारेमा प्रस्तुति राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।