दीपेन्द्र खड्का ,कार्तिक ६ गते डोटी :डोटीको पुर्वीचौकी गाउँपालिका -४ सानागाँउमा रहेको अस्पतालको भवन मङ्गलवार तोडफोड गरिएको पाइएको छ ।
भवनको झ्याल,ढोका, फर्स लिङ्ग, जडान गरेको सी.सी.टी.भि क्यामेरा,बल्ब,लगायतका सामाग्रीहरू तोडफोड गरी क्षति गरेको पालिकाका इन्जिनियर राम कार्कीले बताएका हुन् ।
२०८० पुसमा निर्माण सम्पन्न गरी २०८१ जेठ ७ गते गाउँपालिकालाई हस्तान्तरण गरिएको भवन सञ्चालन हुनु अगाडी नै तोडफोड गरिएको छ।
पालिका भरीका जनतालाई सेवा दिने गरी निर्माण गरिएको १० सैयाको अस्पताल अज्ञात समूहले तोडफोड गरेको प्रहरीले बताएको छ ।
तोडफोड गर्ने व्यक्तिहरूको खोज कार्य भइरहेको प्रहरी चौकी सानागाउँका प्रहरी सहायक निरीक्षक ईश्वरी दत्त पाण्डेले बताए ।