Sujang

एमविविएस अध्यनरत कैलाश भूललाई शिखर नगरपालिकाद्वारा आर्थिक सहयोग

Ban
Krishi
कार्तिक ३ गते, डोटी :एमविविएस पहिलो वर्षमा अध्यनरत विद्यार्थीलाई शिखर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । शिखर नगरपालिका – ७ बैरकोटका कैलाश भुललाई अध्ययनमा सहयोग होस् भन्ने उदेश्यले एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।
Posan

बिहीबार नगर प्रमुख दीर्घ बहादुर बलायरले कैलाशलाई चेक हस्तान्तरण गरेका हुन् ।

कैलाश बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान काठमाडौंमा एमविविएस डाक्टर पहिलो वर्षमा अध्ययनरत छन् । उनले खुला तर्फ नाम निकालेर पूर्ण छुटमा एमविविएस अध्ययन गर्दै छन् ।

कक्षा १ देखि ५ सम्म सीताराम मावि उच्चाकोटमा अध्ययन गरेका उनी कक्षा ४ मा सुजङ्ग स्कूल राजपुरमा भर्ना भएका थिए । उनले सुजङ्ग स्कूलबाट एसईई पास गरेका हुन् । एसईई पछि कक्षा ११ र ११ काठमाडौं स्थित नासा कलेजबाट पास गरेका हुन्  ।

घरको आर्थिक अवस्था कमजोर भएका कैलाशलाई पूर्व मन्त्री भक्त बहादुर बलायरले कक्षा ४ देखि १२ सम्म निःशुल्क अध्ययन गर्न सहयोग गरेका थिए ।

कमजोर आर्थिक अवस्था भएको दलित परिवारमा जन्मिएका कैलाश आफ्नो मेहनत र अरूबाट प्राप्त सहयोगले एमविविएस पढ्न पाउँदा निकै खुसी छन् । कैलाश दुई वर्षको उमेरदेखि आमा बुवा सहित मामा घर उच्चाकोटमा हुर्किएका हुन् ।

मेरो जस्तो कमजोर पारिवारिक अवस्था भएका व्यक्तिहरूले एमविविएस पढ्ने सपनासम्म देख्न सक्दैनन् तर सबैको सहयोगले डाक्टर बन्ने सपना पूरा गर्ने उनले बताए ।

नगर सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएर काम गरिरहेको नगर प्रमुख बलायरले बताए । कमजोर आर्थिक अवस्था भएका, जेहन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएका नगर प्रमुख बलायरले बताए ।  आगामी वर्षहरुमा पनि सहयोग गर्ने उनले बताए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.