Sujang

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण 

असोज ८ गते :राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेड वृद्धि)को नतिजा सोमबार सार्वजनिक गरेको छ । नतिजाअनुसार सहभागीमध्ये ५६.७८ प्रतिशत अर्थात् एक लाख १९ हजार चार सय २५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुने संख्या ९० हजार आठ सय ८८ जना छन् । यसमध्ये तीन हजार अनुपस्थित थिए ।

गत २३ देखि ३१ साउनसम्म भएको पूरक परीक्षामा दुई लाख १० हजार तीन सय २१ जना परीक्षार्थी सहभागी थिए । बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अनुत्तीर्ण र फेल हुनेमध्ये गणित विषयमा धेरै रहेको बताए । गत असारमा सार्वजनिक एसइईको परीक्षाफलमा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा दुई लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका थिए । १५ देखि २७ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.