Sujang

विष्ट मृत्यु प्रकरण : चार दिनसम्म उठेन शव

भदौ २३ गते ,डोटी : दिपायल सिलगढी नगरपालिका – ६ सिलगढी जिप्रका मोड नजिक चार दिनअघि घरमा मृत फेला परेका ७५ बर्सिया कालु सीँ विष्टको शव आइतबारसम्म पनि जिल्ला अस्पतालको शव गृहबाट उठाइएको छैन ।

घर परिवारले खोजिकार्य गर्दा तिन दिन पछि बिहीबार विष्ट आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

शनिवार जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सर्वपक्षीय बैठकमा मृतकका आफन्तले घटनाको सत्य तथ्य छानबिन ,मृतकको पोस्टमार्टम रिपोर्ट र दोषीलाई कानुनी दायरामा नल्याए सम्म शव नबुझ्ने अडान गरेका छन् ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयको १ सय मिटर अगाडी यस्तो किसिमको घटना हुँदा सुरक्षा माथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । मृतका एक जना आफन्तले भने ,’ हत्या भन्दा अरू हुनै सक्दैन । कोठा बाहिर चाबी लगाएको अवस्थामा भित्र मृत फेला पर्नु । मोबाइल लगेर जानू । मोबाइल कल डिटेल प्रहरी प्रसाशसनलाई समेत बुझाउँदा दोषी नपक्रिनु शङ्कास्पद छ । ‘

तर उता जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले घटनाको विशेष तरिकाले अनुसन्धान भइरहेको बताए । उनले भने ,’ दोषी नउम्कियोस् । निर्दोष नफसोस् । हामीले घटना भएको दिन देखि अनुसन्धानलाई विशेष तरिकाले अगाडी बढाएका छौँ ।’

Salmuni
Leave A Reply

Your email address will not be published.