Sujang

सुदूरपश्चिम सरकारको मुख्य न्यायाधिक्तामा जोशी

श्रावण २७,धनगढी —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा अधिवक्ता ठेकेन्द्रराज जोशी आइतबार प्रदेश सरकारको मुख्य न्यायाधिक्तामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँबाट जोशीले मुख्य न्यायाधिक्ताको नियुक्ति पत्र बुझेका छन् ।

कानुन व्यवसायी जोशी यस अघिको मुख्यमन्त्री शाहकै नेतृत्वको प्रदेश सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्तामा नियुक्त भएका थिए । गएको फागुनमा केन्द्रीय सरकारको सत्ता समीकरणमा आएको परिर्वतनसँगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो । विश्वासको मत प्राप्त गर्न नसकी शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएसँगै जोशीले पनि मुख्य न्यायाधिक्ताबाट राजीनामा दिएका थिए । जोशी कांग्रेस नजिकको प्रजातान्त्रिक कानुन व्यवसायी संघसँग पनि आबद्ध रहेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.