Sujang

हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ,शव काठमाडौं लगिदै 

साउन २३ साउन, काठमाडौं :एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं लगिन थालिएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् ।

हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.