Sujang

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहद्वारा दाबी पेस 

श्रावण २०,धनगढी :सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।  प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् ।

आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।

एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा पारिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.