गणेश मौनी,साउन ७ डोटी:नेपाल कम्युनिस्ट पार्टी डोटीले जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ३ बिठारामा सुन्तला लगाउने कार्य सम्पन्न गरेको छ ।
पार्टीलाई आत्मनिर्भर बनाउने योजना अनुरूप पार्टीले जमिन भाडामा लिइ ५ सय बोट सुन्तला लगाइएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य विमल सिले जनाएका छन् ।
सुन्तला रोप्ने कार्यमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरीय नेता कार्यकर्ताहरूको सहभागिता रहेको जनाइएको छ ।