Sujang

दिपायल सिलगढी नगरपालिकालाई प्लास्टिकमुक्त नगर बनाइने

Ban

साउन ३, सिलगढी: सिलगढीमा शैलेश्वरी फेब्रिक व्याग उद्योग संचालनमा आएको छ । ‘सिप सिकौं, स्वरोजगार बनौं, समृद्ध नेपालको विकास गरौं’ भन्ने मूलमन्त्रका साथ बिहीबार उद्योग संचालनमा आएको हो ।

दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा शैलेश्वरी महिला लघु उद्यमी समुहले उद्योगको संचालन गरेको हो । शैलेश्वरी फेब्रिक व्याग उद्योगको मुख्य उद्देश्य दिपायल सिलगढी नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगर बनाउने रहेको छ ।

उद्योगको उद्घाटन गर्दै नगरप्रमुख बाजी सिंह खड्काले नगरपालिकालाई प्लास्टिक झोलामुक्त बनाउने उद्देश्यले उद्योगको संचालन गरिएको बताए । ‘स्वच्छ, सफा नगर बनाउने हाम्रो उद्देश्य रहेको छ’, नगरप्रमुख खड्काले भने, ‘प्लास्टिकका कारण नगर दुर्गन्धित भएको छ, प्लास्टिक स्वास्थ्यका लागि पनि हानिकारक हुनाले हामीले प्लास्टिकमुक्त नगर बनाउनै पर्छ ।’

Krishi

उद्योगबाट उत्पादन भएका झोलाहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने उनलले बताए । एक लाखको संख्यामा झोला उत्पादन भए नगरभित्रका बजारमा प्लास्टिक झोला पूर्णरुपमा बन्द गरिने उनले बताए ।

कार्यक्रममा बोल्दै सिलगढी बजारलाई ऐतिहासिक शहर बनाउने उद्देश्यले सांस्कृतिक शहरको अवधारण ल्याएकाले यसमा सबैले सहयोग गर्नुपर्ने र दिपायल स्थित बासुधारा हुँदै सिलगढी, बगलेकको बाराहीदेवी धार्मिक स्थल हुँदै गोलेदेउलासम्मको धार्मिक सांस्कृतिक मार्गका लागि काम अगाडि बढाइने उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै महिला समुहकी अध्यक्ष ममता गुरुङ्गले सहयोगको लागि नगरपालिकालाई धन्यवाद दिंदै निरन्तर उद्योग संचालनका लागि सबैको सहयोग आवश्यक रहने र यसले महिलाहरुको आर्थिक अवस्थामा समेत सुधार आउने बताइन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.