श्रावण १ गते ,कैलाली: डोटीको बडीकेदार गाउँपालिकाकी पूर्व उपाध्यक्ष इन्द्रा बोहरा भाटले धनगढी उत्तरबेहरडीमा रहेको मानव आश्रमलाई तरकारी र फलफूल सहयोग गरेकी छन् ।
धनगढीमा तरकारीको मूल्य दिनानुदिन दिन बढ्दै गइरहेको अवस्थामा मानव आश्रममा रहेकाहरूलाई केही राहत होस भन्ने हेतुले तरकारी र फलफूल सहयोग गरेको पूर्व उपाध्यक्ष बोहरा भाटले बताइन् । मानव आश्रममा आफै पुगी उनले आलु, निउरो र आँप सहयोग गरेकी हुन् ।
धनगढी स्थित शहीद गेट नजिक तरकारी व्यवसाय गर्दै आई रहेकी पूर्व उपाध्यक्ष बोहरा भाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडीकेदार गाउँ पालिकाबाट नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष हुन ।