Sujang

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने

Ban

असार २७ गते : सामाजिक सुरक्षासम्बन्धी सेवा लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने भएको छ।

Krishi

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा लिन  साउन १ गतेदेखि  राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने यस अघिको निर्णय कार्यान्वनमा लैजानअसहज भएको भन्दै तत्काल उक्त निर्णय कार्यन्वन नगर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.