Sujang

अछाममा वेवारिस शव भेटियो

Ban
असार २५ गते ,अछामः अछाममा वेवारिसे शव फेला परेको छ।जिल्लाको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदीमा वेवारिसे शव फेला परेको हो।
Krishi

वेवारिसे शवको नाम थर, लिङ्ग पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। शवको पहिचानका लागि बाजुरा लगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीले जानकारी दिएका छन्।

कङ्काल फेला परेको स्थानभन्दा माथिबाट बगेर आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.