Sujang

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको बहिष्कारका बिच बोगटान गाउँपालिकाद्वारा डल्लो बजेट पास 

Ban

असार २४ गते,डोटी :  बोगटान फुड्सिल गाउँपालिकाको  १६ औँ गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको बहिष्कार बिच पालिकाले डल्लो बजेट पास गरेको छ ।

Posan

सोमबार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४४ करोड २४ लाख ल्याएको बजेट विरोध बिच पास गरेको हो।

नेकपा माओवादी केन्द्र र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा बजेट पास गरिएको छ ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष सहितका १२ जना सदस्यहरूले असहमतिका  बिच डल्लो बजेट पास गरिएको भन्दै उनीहरूले बहिस्कार गरेका छन् ।

बजेट सिलिङ ल्याएर मात्र बजेट पास गर्नुपर्ने कुरालाई लत्त्याएर एक लौटी रूपमा पास गरिएको बजेट मान्य नहुने गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् ।

यस अघिका दुई आर्थिक वर्ष यसै गरी डल्लो बजेट राखेर पारित गर्दा विकृति र मनोमानी बढेकाले यसबर्ष सुधार गरौँ भन्दा अध्यक्षले गैर जिम्मेवारपना प्रदर्शन गरेको आरोप उपाध्यक्ष बमको रहेको छ।

Krishi

जनताको मतको अवमूल्यन गर्दै बहुमत सदस्यको उपस्थिति बिना बजेट पास गरेको उपाध्यक्ष बमले आरोप लगाइन् ।

नीति तथा कार्यक्रम ल्याउनु पूर्व नै कार्यपालिका बैठकमै हामीले वडा, शाखा देखि पालिका स्तरीय योजनाहरू उल्लेख गरेर बजेट बनाउन माग राखेको वडा नं. २ का वडाध्यक्ष भरत बहादुर बमले बताए ।  नीति तथा कार्यक्रमपछि छलफल गरेर बजेट आउँछ भन्ने आश्वासन दिएपछि मात्र असार १० गते गाउँ सभामा सहभागी भएका थियौँ तर अन्तिममा एक लाैटि रूपमा बजेट पास गर्न खोज्नु खेदजनक रहेको उनले बताए ।

यस अघिका दुई आर्थिक वर्ष यसै गरी पारित भई आएकाले हामीले समर्थन गरेको  वडा नं. १ का एमालेबाट निर्वाचित वडाध्यक्ष खेम बहादुर घर्ती मगरले  बताए ।

वडालाई बजेट नै नदिएको भन्ने होइन, पालिकाले दिएको सिलिङभित्र वडाका योजना आफैले बनाउने कुरामा उनले जोड दिए।

सुरु देखि नै सिस्टममा बसेर बजेट विनियोजन गर्नुपर्छ भनेर गत वर्ष विरोध गर्दागर्दै पनि अध्यक्ष, उपाध्यक्ष दुवैको सहमतिमा डल्लो बजेट पारित गरिएको  वडाध्यक्ष मगरले बताए ।
यस पटक उहाँहरूको के स्वार्थ बाझियो हामीलाई थाहा भएन तर सिस्टममा ल्याउन उहाँहरू एकजुट हुन जरुरी रहेको उनले बताए ।

१५ सदस्यीय कार्यपालिकामा काँग्रेसबाट निर्वाचित ७ जना छन् भने माओवादी र एमालेबाट निर्वाचित ८ सदस्य छन् ।

यस बारेमा गाउँपालिकाका अध्यक्ष कमल गड्सिलालाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन ।

वैशाख ६ गते कार्यपालिका बैठकले पास गरेको नीति तथा कार्यक्रम वैशाख ७ गते १५ औँ गाउँ सभामा पेस गरिएको थियो भने असार १० गते पालिकाले बजेट ल्याएको थियो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.