असार २३ गते ,डोटी :डोटीमा एक जना महिला मृत फेला परेकि छन् । दिपायल सिलगढी नगरपालिका – ७ पाकरी बस्ने ५० वर्षिया चन्नरी बिष्ट मृत फेला परेकी हुन् ।
शनिबार दिउँसो घाँस काट्न गएकि बिष्ट सोही ठाँउको बुढासाल भन्ने जङ्गलमा आइतबार विहान मृत फेला परेकी स्थानीय वीर बहादुर बिष्टले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।