Sujang

डोटीमा सतर्कता अपनाउन प्रशासनको आग्रह

Ban

असार २१ ,डोटी  : वर्षा सुरु भएसँगै बाढी तथा पहिरोको जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Posan

जिल्लामा मनसुनी बर्षाकाे जाेखिम तीन दिन रहने जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान रहेकोले  आवश्यक सतर्कता अपनाउन प्रसासनले आग्रह गरेको हो ।

प्रशासनले गाउँपालिकालाई पत्राचार गर्दै जोखिम स्थानमा रहेका बस्तीहरुको धनजनको क्षति सुरक्षा गर्नमा सतर्कता अपनाउन सबै अनुरोध गरेको छ।

डोटीका नौ वटै गाउँपालिकाहरलाई प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद आर्यलले पत्राचार गर्दै वर्षाबाट आउन सक्ने बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको हो ।

Krishi

यस्तै बाढी पहिरोबाट हुन सक्ने जोखिम बारे स्थानीय प्रशासनलाई जानकारी गराउन र त्यसबाट सुरक्षित राख्न तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्देशन दिएका छन् ।

रेडअलर्ट जारी भएका ३० जिल्ला

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ । गण्डकी– म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ । धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ । लुम्बिनी– कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व । कर्णाली– जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्ला । सुदूरपश्चिम– दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी र अछाम । यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपत्को जोखिम पनि बढेको हो ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.