Sujang

जन्म दिनको अवसरमा जोशीद्वारा विद्यालयलाई शैक्षिक उपकरण प्रदान

असार १९ गते ,डोटी : मानवीय सेवामा अनेकौँ प्रयास (साइन) नेपाल, कैलालीका अध्यक्ष भक्तराज जोशीले आफ्नो जन्म दिनको अवसरमा दुर्गा माध्यमिक विद्यालयलाई शैक्षिक उपकरण प्रदान  गरेका छन् ।

 

अध्यक्ष जोशीले ४३ इन्चको (टी.सी.एल) एल.ई.डी स्किन ५ थान, एच.पी ब्रान्डको ल्यापटप कम्प्युटर १ थान, भलिबल र नेट १ सेट सहयोग गरेका हुन्।

जन्मदिनको उपलक्ष्यमा आफूले प्रारम्भिक शिक्षा हासिल गरेको डोटीको पुर्विचौकी गाउँपालिका वडा नं ३ मा रहेको उक्त विद्यालयमा सहयोग गरेका हुन् । अहिले शिक्षाको अवस्था खस्किँदै गैरेकोले शिक्षामा सुधार गर्न आफ्नो पालिकाबाट सुरुवात गरेको उनले बताए ।

 

यस्तै सामान बुझ्दै दुर्गा माबिका प्राध्यानाध्यापक  राज बहादुर बडैलाले जन्म दिनको शुभकामना सहित धन्यवाद दिए ।
शैक्षिक गुणस्तर सुधारका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि  सहयोगको अपेक्षा गरेको उनले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.