Sujang

आदर्श गाउँपालिकाले प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्ने

Ban

असार १०, डोटी : शिक्षाको गुणस्तर सुधारका लागि डोटीको आदर्श गाउँपालिकाले सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गर्ने भएको छ ।गाउँपालिकाले आयोजना गरेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता विकास सम्बन्धी तालिमको समापनका क्रममा गाउँपालिका अध्यक्ष गणेशवहादुर खड्काले सो कुरा बताएका हुन् ।

Posan

‘विद्यालयले शिक्षक नभएका कारण पढाई कमजोर भयो भन्यो, हामीले शिक्षक पठायौं, भौतिक पूर्वाधार नभएका कारण समस्या भयो भन्यो, हामीले भौतिक पूर्वाधार निर्माणका लागि पनि सहयोग गर्यौं’ अध्यक्ष खड्काले भने ‘तर शिक्षाको गुणस्तरमा त फेरी पनि सुधार भएन १’

यसबाट शिक्षक र भौतिक पूर्वाधार हुँदैमा शिक्षाको गुणस्तरमा सुधार नहुने रहेछ भन्ने सिकाई भएको अध्यक्ष खड्का बताउँछन् । गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार गर्न विषयगत शिक्षकहरु र प्राधानाध्यापकहरुलाई छुट्टाछुट्टै तालिम दिएको खड्काले बताए ।

 

Krishi

उनले भने, ‘प्रधानाध्यापक र विषय शिक्षकहरुबीच भएको छलफलबाट विद्यालयसँग कार्यसम्पादन सम्झौता गर्नु पर्ने निष्कर्षमा गाउँपालिका पुगेको छ ।’ शिक्षामा सुधार नभएसम्म समाजको समग्र विकास हुन नसक्ने अध्यक्ष खड्काको भनाइ छ ।

गाउँपालिकाले विद्यार्थी अनुपातमा शिक्षक संख्या पुर्याउने उद्देश्यले ५५ जना गाउँपालिका अनुदान शिक्षक दरवन्दी सिर्जना गरी शिक्षक खटाएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले बताइन् । विद्यालयको समग्र व्यवस्थापनका लागि व्यवस्थापन सक्रिय हुनु पर्ने रोकाया बताउँछिन् ।

३ दिनसम्म चलेको विद्यालय व्यवस्थापन सम्वन्धी क्षमता विकास तालिममा गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख पदम सिंह बिष्टले जानकारी दिए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.