Sujang

शिखर शिक्षक सम्मेलन सम्पन्न

जेठ १९ गते ,डोटी  :  शिखर नगरपालिका डोटीको आयोजनामा गरिएको  “शिखर शिक्षक सम्मेलन २०८१” सम्पन्न भएको छ ।
शनिवार सेती प्राविधिक शिक्षालय दिपायलको हलमा  “सेवा, समर्पण र सम्भावना :जागृत शिक्षक शिखरको चाहना“ भन्ने मूल नाराका साथ गरिएको शिखर शिक्षक सम्मेलन सम्पन्न भएको हो ।

पालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, शिक्षक, बालबिकास शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनप्रतिनिधिहरूको सहभागितामा सम्मेलन गरिएको थियो।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले सम्मेलनले शैक्षिक गुणस्तरमा ठुलो फट्को मार्ने बताए  । शिक्षक भन्दा अरू पवित्र पेसा केही नभएको बताउँदै पेसालाई मर्यादित तरिकाले अगाडी बढाउन सके शिक्षामा निक्कै सुधार आउने उनले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख दीर्घ बहादुर बलायरले  शिक्षा विना कुनै पनि कुराको परिकल्पना गर्न नसकिने बताए । नगर सरकारले शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडी बढेकोले यस अभियानमा सबैले सहयोग गर्न आग्रह गरे ।  २०८१ लाई शैक्षिक सुधार वर्षकारुपमा लगिएको सम्मेलनमा बलायरले घोषणा गरे ।

शैक्षिक क्षेत्रमा क्रान्ति अब शिखरबाट सुरु गरिएको  नगर उप–प्रमुख सुनिता रावल जोराले बताइन् । शैक्षिक सुधारमा साथ दिने शिक्षकहरूलाई विशेष प्रोत्साहन र सम्मान गरिने उप–प्रमुख जोराले बताइन् ।

मेरो काम मैले नगरे कसले गर्ने भावनाको विकास हुन् जरुरी रहेको  शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भीम पनेरू बताए ।

शिक्षक सम्मेलनले शिक्षा क्षेत्रमा नयाँ तरङ्ग ल्याएको  शिक्षक महासंघ डोटीका अध्यक्ष पूर्ण बहादुर खड्का  बताए ।

शिक्षक सम्मेलनले शैक्षिक सुधारमा ठुलो टेवा पुग्ने  केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीका प्रधानाध्यापक गगन सीँ कार्की बताए ।

सम्मेलनमा साढे तीन सय शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।

सम्मेलनमा सहभागीलाई  मोटिभेटर प्रतिम पौडेलले प्रशिक्षण दिएका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.