जेठ ५ गते ,डोटी :सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान कार्यक्रम गरेको छ । शनिवार नेपाल स्वयंसेवी रक्तदाता समाजले खप्तडमा रक्तदान गरेको हो ।
खप्तडमा पहिलो पटक चार जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।
स्वस्थ व्यक्तिले जुनसुकै ठाउँमा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा रक्तदान कार्यक्रम गरीएको कर्माचार्यले बताए ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जोशीले रक्तदान गरेका थिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी शाखाको आतिथ्यतामा गरेको केन्द्रिय कार्यसमितिको पाँचौ वैठक तथा रक्तदान कार्यक्रममा वोल्दै नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंह सिंहले ऐतिहासिक खप्तड क्षेत्रमा रक्तदान जस्तो पावन कार्यक्रम गरेर सुदुरपश्चिमको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, रामबहादुर खड्का ,सुशिल घर्ती ,समाजका डोटी जिल्लाका कोषाध्यक्ष उत्तम खड्का, सदस्य रामचन्द्र भट्ट, समरजीत गुल्मका क्याप्टेन भरत राना मगर, खप्तड राष्ट्रिय निकुन्ज प्रमुख सरोजमणी पौडेल, नेपाली कांग्रेस डोटीका उपसभापति नारायण प्रसाद जोशि, नेविसंघका नेता मोहन ओझा लगायतको सहभागिता रहेको थियो ।