Sujang

डोटीमा दुई जना नक्कली डाक्टर पक्राउ ,अदालतबाट पाँच दिन म्याद थप

जेठ २ गते ,डोटी : स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको आरोपमा पक्राउ परेका नक्कली डाक्टर र उनका सहयोगी विरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीले इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको छ ।

मंगलबार पक्राउ परेका महाकाली नगरपालिका–४ का ४४ वर्षीय नक्कली डाक्टर भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाल विरुद्ध जिल्ला अदालत डोटीमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरुमाथि मंगलबार नै इलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए । बुधबार अदालतबाट पाँच दिनको म्याद थप गराएर थप अनुसन्धान अगाडी बढाइएको उनले बताए ।

शिविरमा प्रयोग भएका सामग्रीसहित पक्राउ परेका क्षेत्री र गुनीयाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.