Sujang

काँग्रेस नेता बमद्वारा विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

जेठ २, डोटी : नेपाली काङ्ग्रेसका नेता दिलबहादुर बमले केदार अखडा माद्यामिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बुधवार बोगटान फुड्सिल गाउँपालिका -२ चाल्समा रहेको केदार अखडा विद्यालयको शिक्षाको गुणस्तरको सुधारका लागि जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावका बिच विद्यालयमै गरिएको अन्तरक्रिया कार्यक्रममा बमले सहयोग गरेका हुन् ।

उनले स्व. बुवा भीम बहादुर बमको सम्झनामा शिक्षाको गुणस्तर सुधारका लागि  विद्यालयलाई आर्थिक सहयोग गरेको बताए । उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका बमले शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोगमा शिक्षाको गुणस्तर सुधार गर्न सकिने पनि बताए ।

शिक्षाको गुणस्तर सुधारका लागि अन्तरक्रिया, छलफल लगायतका  कार्यक्रमलाई निरन्तरता दिँदै जाने वडा अध्यक्ष भरत बमले बताए  ।

सबैले आ–आफ्नो तर्फ बाट जिम्मेवारी पूर्वक काम गरेमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिने केदार अखडा माध्यमिक विद्यालयका प्रधानाध्यापक गुमान सीँ बोहराले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.