
बैशाख ३१,डडेल्धुरा : डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो ।
गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।