Sujang

तिन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न

वैशाख ११, डोटी:तीन दिने डिजिटल तथा तथ्याङ्कमा आधारित पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको आयोजनामा दिपायल स्थित होटेल रिभर साइडमा शनिवारबाट सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।

 

युग आधुनिकतामा प्रवेश गरेसँगै पत्रकारिता पेसालाई पनि प्रविधिसँग जोड्न आवश्यक भएकाले यस्तो तालिमको आयोजना गरिएको महासङ्घका अध्यक्ष मोहन शाहीले बताए । तालिममा सहभागी पत्रकाहरुले डिजिटल प्रविधिबारे पाएको नयाँ विषय बस्तु बारेको जानकारीलाई व्यवहारमा उतार्दै पत्रकारितालाई थप मजबुत बनाउनेमा अध्यक्ष शाहीले विश्वास व्यक्त गरे ।

नसना बज्राचार्य प्रशिक्षक रहेको तीन दिने तालिममा १५ जना पत्रकारको सहभागिता रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.