Sujang

शैक्षिक सुधारको माग राख्दै नेबिसंघ डोटीद्वारा ज्ञापन पत्र

चैत ६,डोटी : नेपाल विद्यार्थी संघ डोटीले जिल्लाका ९ वटै पालिकामा ज्ञापन पत्र बुझाएको छ ।
५५ औँ स्थापना दिवसको अवसरमा शैक्षिक क्षेत्रका सवाललाई समेटिएर तयार पारिएको ज्ञापन पत्र ९ वटै पालिकालाई बुझाइएको हो ।
जस अन्तर्गत जिल्लाको शिखर नगरपालिकामा नगर प्रमुख दीर्घ बहादुर बलायरलाई  नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दीपेन्द्र सिंहले ज्ञापन पत्र पत्र बुझाइएका हुन् ।
शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने लगायतका माग १९ वटा माग समेटिएको ज्ञापन पत्र बुझाइएको हो ।
बिहीबार डोटीका नौ वटै स्थानीय तहका प्रमुख उप प्रमुखलाई नेबिसंघका नेताकार्यकर्ताको उपस्थितिमा ज्ञापन पत्र बुझाएको अध्यक्ष सिंहले बताए ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.