Sujang

आधारभूत तह पालिका स्तरीय खेलकुद प्रतियोगितामा वडा नम्बर ४ प्रथम

Ban

गणेश मौनी,चैत्र २५, डोटी:डोटीको बडीकेदार गाउँपालिकामा पहिलो पटक सञ्चालन गरिएको आधारभूत तह कक्षा १–८को पालिका स्तरीय खेलकुद प्रतियोगितामा वडा नम्बर ४ मान्नाकापडी प्रथम भएको छ ।

Posan

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना बर्छैन माध्यामीक विद्यालयको व्यवस्थापनमा बर्छैन माविमा सञ्चालन भएको प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ५ काश्य सहित वडा नम्बर ४ प्रथम भएको थियो ।

Krishi

प्रतियोगितामा ६ स्वर्ण, ८ रजत र ७ काश्य सहित वडा नम्बर २ द्धितिय भएको छ । त्यस्तै ४ स्वर्ण, ३ रजत र ५ काश्य सहित वडा नम्बर ५ तृतीय भएको आयोजकले जनाएको छ ।

४ स्वर्ण, ३ रजत र ४ काश्य सहित वडा नम्बर १ चौथो र ३ स्वर्ण ५ रजत र ६ काश्य सहित पाँचौँ भएको छ ।

पालिका स्तरमा पहिलो पटक सञ्चालन भएको आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिताले बिद्यार्थिहरुको प्रतिभा पहिचानमा सहयोग पुग्नुका साथै बिद्यार्थिहरुले शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए ।

शनिवार र आइतबार सञ्चालन भएको प्रतियोगिता १–३ तह अन्तरगत चित्रकला, सुर्तिलेखन, हिसाब दौड, डोरी खेल ४–५ तह अन्तरगत एक सय मिटर दौड,हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता ६–८ तह अन्तरगत हाजिरी जवाफ, चार सय मिटर रिले दौड, भलिबल, ज्याप्लीङ थ्रो, सटपट र १–८ तह अन्तरगत सास्कृतीक कार्यक्रमहरू सञ्चालन गरिएका आयोजकले जनाइएको छ ।

 

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.