Sujang

डोटीमा एसइई परीक्षा पहिलो दिन शान्तमय वातावरणमा सम्पन्न, ४८ जना अनुपस्थित

गणेश मौनी,चैत्र १५ डोटी:आज (बिहीबार) देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन डोटी जिल्लामा शान्त मय वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।
नियमित, ग्रेडबृद्धि र प्राविधिक धार गरी जम्मा ३ हजार २ सय ८२ जना परीक्षार्थी सङ्ख्या रहेको डोटीमा ४८ जना विद्यार्थी अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रा.स. पदम बहादुर साउँदले बताएका छन् ।
डोटीमा नियमित तर्फ एक हजार चार सय ९८ जना छात्र, एक हजार पाँच सय ८९ जना छात्रा गरी जम्मा तिन हजार ८७ जना उपस्थित रहेका छन् भने छात्र १८ जना र छात्रा २१ जना गरी ३९ जना बिद्यार्थिहरु अनुपस्थित रहेको जनाइएको छ । त्यस्तै ग्रेटबृद्धी तर्फ ८ छात्र ३० छात्रा गरी जम्मा ३८ जना उपस्थिति रहेका छन् भने १ छात्र र ७ छात्रा गरी ८ जना अनुपस्थित रहेको जनाइएको छ । त्यस्तै प्राविधिक घार तर्फ पनि एक जना छात्र अनुपस्थित भएका छन् । प्राविधिक धार तर्फ ८४छात्र ५६ छात्रा गरी एक सय ४० जना उपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई का प्रा.स. साउँदले बताए ।
१२ वटा परीक्षा केन्द्र रहेको डोटी जिल्लामा परीक्षाको पहिलो दिन शान्त मय वातावरणमा परीक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन स्थानीय सरकार आम सरोकारवाला निकायहरूलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न शिक्षा विकास तथा समन्वय इकाई डो आग्रह गरेको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने गरेको छ

Salmuni
Leave A Reply

Your email address will not be published.