Sujang

धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा आइन 

Ban
चैत १४ गते ,धनगढीः भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्।
Krishi

उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो। अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्विरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन्। आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन्। उनले भनिन, ‘छोरी गोवामै रहेछ। एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो। छोरी र ज्वाई पुग्नु भएको छ।’ उनी सम्कर्पमा आएपछि बैनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन।

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन। उनी ओशो साधक हुन।ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.