Sujang

डोटीको जोरायलमा श्रमदानबाट खोलामा सडक निर्माण

चैत १२ डोटी :डोटीको जोरायल गाउँपालिका–३ मा स्थानीयले श्रमदान गरेर सडक निर्माण गरेका छन्। स्थानीयले चनकट्टे – कनेडी जोड्ने कृषि सडक खण्डमा श्रमदान गरेर सडक निर्माण गरेका हुन्। उक्त सडकमा नदीका कारण वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएकोले श्रमदान गरेर सडक निर्माण गरिएको जोरायल ३का वडा अध्यक्ष नविन ओझाले जानकारी दिए ।

श्रमदानमै २९ मिटर सडक आरसिसी ढलान गर्ने कार्य भएको बताए। ओझाले पूर्ण श्रमदानमै आधारित उक्त कार्यमा वडाबासी तथा जोरायलबासी सबैले साथ दिएको बताए।

गाउँलेहरूको सडक निर्माण गर्ने अग्रसरता देखेर ३ नम्बर वडाका अध्यक्ष ओझाले एक दिन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आबद्ध सबैलाई उक्त कार्यमा सहभागि गराई श्रमदानको काम गराएका हुन् ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.