Sujang

एसईईमा डोटी जिल्ला टपर छात्रलाई शिखर सरकारले दियो एक लाख छात्रवृत्ति

चैत ७ गते,डोटी : शिखर नगरपालिकाले एसईईमा डोटी जिल्ला टपर भएका छात्रलाई एक लाख छात्रवृत्ति प्रदान गरेको छ। सीताराम माध्यमिक विद्यालय उच्चाकोटबाट २०८९/०८० मा एसईईमा उत्कृष्ट नतिजा ल्याउने अर्जुन कठायतलाई छात्रवृत्ति प्रदान गरिएको हो।

कठायतले २०८९/८० मा डोटी जिल्लाबाट सर्वोउत्कृष्ट ३.९० जीपिए नतिजा ल्याएका थिए । उनलाई नगरपालिकाले एक लाख एक हजार छात्रवृत्ति उपलब्ध गराएको हो । दिपायल सिलगढी नगरपालिका- २ पुनेबाटा कठायत हाल एसपिए कलेज धनगढीमा विज्ञान विषय पढ्दै छन् ।

मगंलबार नगर उपप्रमुख सुनिता रावल जोराले छात्र कठायतकी आमा चन्द्रादेवी कठायतलाई छात्रवृत्ति हस्तान्तरण गरेकी हुन् । छात्रवृत्ति हस्तान्तरण गर्दै उनले सो रकम अर्जुनकै पढाइमा खर्च गर्न अनुरोध गरिन् । उनले नगरपालिकाले उपलब्ध गराएको उक्त रकमले विद्यार्थीको हौसला बढाउनुका साथै पढाइमा मदत पुग्ने विश्वास व्यक्त गरिन्।
छात्रकी आमा चन्द्रादेवीले छोराको प्रगतिको निकै खुसी तुल्याएको बताइन् । नगरपालिकाले उपलब्ध गराएको रकमले छोराको पढाइ खर्च टर्ने बताउँदै धन्यवाद दिइन्।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.