Sujang

युवा सङ्गठन नेपाल उत्तर जिल्ला डोटीको अध्यक्षमा भक्त सी

गणेश मौनी,चैत्र ५ डोटी: नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल उत्तर जिल्ला डोटीको अध्यक्षमा भक्त सी चयन भएका छन् ।
राष्ट्रघातक भ्रष्टाचार र जनघातका विरुद्धको आन्दोलन सृजना गरौँ, स्वाधीन नेपाल र आत्मनिर्भर युवा तेस्रो जिल्ला भेला भन्ने मूल नाराका आज सिलगढीमा सम्पन्न भएको तेस्रो जिल्ला भेलाले भक्त सिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको नेपाल कम्युनिस्ट पाटी डोटीले जनाएको छ ।
समितिको उपाध्यक्षमा अमर देउवा, सचिवमा शिवराज श्रेष्ठ र कोषाध्यक्षमा मिना बोहरा चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरूमा टेकेन्द्र रोकाया, पूर्ण कठायत, सुशील कठायत, कौसल साउँद, दीपक पुजारा र वीरेन्द्र साउद चयन भएका छन् ।
भक्त सिको अध्यक्षतामा सञ्चालन भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य विमल सी रहेका थिए । भेलामा युवा सङ्गठन नेपाल सेती ब्युरो इन्चार्ज, उत्तर जिल्ला सचिव मोहन सी, सामना परिवारका कलाकार चन्दन सी लगायत युवाहरूको सहभागिता रहेको जनाइएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.