Sujang

यात्रुहरुको सुरक्षाको माग राख्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

फागुन २७ गते ,सिलगढी:सार्वजनिक यातायातमा यात्रा गर्ने प्रत्येक यात्रुहरुको सुरक्षाको माग राख्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटी मार्फत आइतबार ज्ञापन पत्र बुझाइएको हो । शिखर नगरपालिका वडा नम्बर ११ निवासी पत्रकार रामहरि ओझाले बुझाएको ज्ञापन पत्रमा सार्वजनिक यातायातका साधनहरुले क्षमताभन्दा झण्डै दोव्वर यात्रुहरु बोक्ने गरेका कारण यात्रुहरुले कष्ठपूर्ण यात्रा गर्नु परेको छ, त्यसैले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कार्वाही गरी सवारी ईजाजत रद्द गर्नु पर्ने माग परिएको छ ।

ज्ञापन पत्रमा ट्राफिक प्रहरीले तोकीएको क्षमताभन्दा बढी यात्रुहरु बोक्ने सवारी साधनलाई कुनै कार्वाही नगर्ने, उल्टो केही रकम घुस खाइ छोड्ने गरेका छन् । यस्ता ट्राफिक प्रहरीहरुलाई पनि कानूनको दायरामा ल्याउनु पर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने ।, यात्रुहरुलाई सडक यातायात सुरक्षा सम्बन्धी चेतनामूलन कार्यक्रमहरु संचालन गर्नुपर्ने ।, प्रहरी, प्रशासनकै मिलेमतोमा यातायातका साधनहरु सडकमै पार्किङ्ग गर्ने, बस काउण्टरबाट टिकट नकाटी बिचौलियाहरुबाट टिकट काट्ने, बिच बाटोबाट चढ्ने व्यक्तिहरुलाई टिकटै समेत नदिने लगायतका समस्याहरुको समाधानका लागि यथासिघ्र प्रभावकारी कदम चाल्नु पर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गाडीवालाहरुले होटल व्यवसायीसंग मिलेर यात्रुहरुलाई गुणस्तरहिन खाना खुवाउने गरेको हुँदा यस्ता कुराहरुलाई न्यून गर्न पहल गरिदिनु पर्ने समेत माग राखिएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.