Sujang

रेशम चौधरी भन्छन्ः सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिको समर्थन यथावत छ

Ban

हिमाल जोशी,धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाइरहेका बेला संरक्षक रेशम चौधरीले भने समर्थन यथावत रहेको बताएका छन्।

Posan

चौधरीले सुदूरपश्चिम प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न निर्देशनसमेत दिएका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए।

 

Krishi

उनले ठूला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए। उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठूला दलहरूले भ्यागुतोको धार्नी बनाउने काम गरेको बताए।

 

उनले मन्त्री बन्नेहरूको मापदण्ड निर्धारण गर्नुपर्ने अवस्था आएको बताए। उनले सबै सांसदलाई मन्त्री बन्नुपरेको भन्दै अब सांसदको सङ्ख्या घटाएर १ सय मात्रै बनाउनुपर्ने बताए।

 

त्यस्तै, निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जाने सक्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन्।

 

उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए। देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्‍याएकाले उचित उपचार खोजिने बताए।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.