Sujang

बलायर दम्पत्तीद्वारा बुवाआमाको नाममा डोटीको बिद्यालयमा अक्षय कोष स्थापना

फागुन २४, डोटी : पूर्व शिक्षा अधिकारी तथा ग्लोबल नेपाली भाषा पाठशाला टेक्सस अमेरिकाका प्रधानअध्यापक भोज बहादुर बलायर र उनकी पत्नी अन्जु बलायरले डोटीको सीताराम माबि उच्चकोटमा अक्षय कोषको स्थापना गरेका   छन् ।

बलायर दम्पतीले बुवा खड्क बहादुर बलायर तथा आमा स्व. हंसा देबी बलायरको नाममा सीताराम माबि उच्चाकोट डोटीमा पाँच लाख एक सय एक रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् ।

बलायर दम्पतीले स्थापना गरेको खड्क-हंसा अक्षय कोषबाट प्राप्त हुने व्याजबाट कक्षा ११ र १२ मा अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई उच्च शिक्षाको लागि सहयोग गरिनेछ ।

प्रवासमा रहेपनि आफ्नो जन्मभूमि र अध्ययन गरेको विद्यालयसंगको सम्बन्ध जीवन्त राखिरहने सोचले अक्षयकोष स्थापना गरेको बलायरले बताए ।

आफूले अध्ययन गरेको विद्यालयमा बुवाआमाको नाममा अक्षयकोष स्थापना गर्न पाउदा खुशी लागेको बलायरले बताए ।

डोटीको शिखर नगरपालिकामा जन्मिएका बलायरले सीताराम उच्चमाविबाट माध्यामिक तहको पढाई पुरा गरेका थिए ।

नेपाल सरकारको उपसचिवबाट अवकाश लिएर डेढ दशकअघि अमेरिका पुगेका बलायर हाल टेक्ससमा ग्लोबल नेपाली भाषा पाठशालामा प्रधानअध्यापकको रुपमा कार्यरत छन् । अमेरिकामा नेपाली भाषा, संस्कृति र मौलिकताको जगेर्नाका लागि काम गरिरहेका बलायरले तयार गरेको नेपाली पाठ्यक्रम ग्लोबल नेपाली भाषा पाठशालामा पढाई हुने गरेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.