गणेश मौनी,फागुन २३, डोटी:तिन दिने मनोसामाजिक परामर्श सहयोग तालिम बुधवार सिलगढीमा सम्पन्न भएको छ ।
समान पहुँच विकास केन्द्र (सिड नेपाल) र वर्ल्ड भिजन इन्टरनेशनलको संयुक्त साझेदारीमा सञ्चालित एकीकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत परियोजनामा कार्यरत कर्मचारी र संस्थाका पदाधिकारीहरूका लागि आयोजना गरेको तालिम सिलगढीमा सम्पन्न भएको सिड नेपाल द्वारा सञ्चालित एकीकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक सुनिल जोशीले बताए ।
तिन दिन सम्म सञ्चालन भएको तालिममा आत्म हत्या समाधानका उपायहरू, मनोसामाजिकका चार आधारहरूको बारेमा जानकारी, मनोसामाजिक समस्या र मानसिक समस्याको बिचको भिन्नता, कन् भर्सन डिसअर्डर,मनोसामाजिक परामर्शका विभिन्न विधि र उपायहरू लगाएका विभिन्न विषय बस्तुहरूको बारेमा छलफल गरिएको संयोजक जोशीले बताए ।
तालिमको सहजिकरण मनोसामाजिक परामर्शकर्ता सुमन धिमालले गरेका थिए ।