कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्य पदसहित उपाधि उचाल्दा १९ स्वर्ण, १८ रजत र १५ कास्यसहित कञ्चनपुर दोस्रो भयो ।
७ स्वर्ण, १० रजत र १६ कास्य जितेको डडेल्धुराले तेस्रो स्थानमा चित्त बुझायो । बैतडी ५ स्वर्ण, २ रजत र १० कास्य ल्याएर चौथो हुँदा २ स्वर्ण, ४ रजत र १३ कास्यसहित बझाङ पाँचौ भयो ।
छैंटौ भएको बाजुराले १ स्वर्ण ६ रजत र १३ कास्य, सातौं भएको अछामले १ स्वर्ण १ रजत र ६ कास्य पदक हात पार्यो ।
यस्तै,आठौं भएको दार्चुलाले ४ रजत र ३ कास्य तथा नवौं भएको डोटीले ३ रजत र ८ कास्य हात पार्यो ।
तुलनात्मक रूपमा कमजोर देखिएका दार्चुला र डोटीले स्वर्ण पदक जित्न सकेनन् ।