शाखाको उपाध्यक्षमा लाल बहादुर खड्का, महासचिवमा कृत बहादुर कुँवर, कोषाध्यक्षमा आईजङ्ग कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै शाखाको सदस्यमा पदम सिंह महरा, तेज भूल र तेज नारायण झा सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित चोपडा नेपाल औषधि व्यवसायी संघ ( डोटी, अछाम, बाजुरा, बझाङ, बाजुरा ) संयुक्त शाखाका निवर्तमान अध्यक्ष हुन् । केन्द्रीय समितिले विधान संसोधन गरेर प्रत्येक जिल्लामा जिल्ला कार्यसमिति गठन गर्ने व्यवस्था गरे बमोजिम जिल्ला शाखा गठन गरिएको हो । अछाम, बाजुरा, बझाङ, बाजुरा जिल्लामा जिल्ला समिति गठन गरिने अध्यक्ष चोपडाले बताए ।
कार्यक्रमममा नेपाल औषधि व्यवसायी संघका केन्द्रिय सदस्य (थोक) गया प्रसाद कुस्मी प्रमुख अतिथि रहेका थिए । केन्द्रीय सदस्य (खुद्रा) पृथ्वी बहादुर बम, सुदूरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष फोनिरम चौधरी विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष टेक नारायण पौडेल, महासचिव गजेन्द्र देव लेखक, कैलाली जिल्लाका निवर्तमान अध्यक्ष जनकराज जोशी लगायत जिल्लाका २७ जना औषधि व्यवसायी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लाको स्वाथ्य क्षेत्रमा योगदान पुर्याउने व्यवसायी, स्वास्थ्यकर्मी तथा नेपाल औषधि व्यवसायीको संस्थागत विकासमा टेवा पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।