Sujang

डोटीमा सकारात्मक सोच र जीवनोपयोगी सीप विकास तालिम सञ्चालन

गणेश मौनी,फागुन १६,डोटी:सुदूरपश्चिम प्रदेशको एक मात्र रहेको बाल सुधार केन्द्र डोटीमा रहेका बालकहरूका लाई आयोजना गरिएको सकारात्मक सोच र जीवनोपयोगी सीप विकास सम्बन्धी सात दिने तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
सामाजिक विकास कार्यालय डोटीको आयोजना बाल सुधार केन्द्र डोटीको सहजिकरणमा तालिमको सोमबार उद्घाटन गरिएको सामाजिक विकास कार्यालय डोटीले जनाएको छ ।
बालकहरूको सोच बिचारमा सकारात्मक परिवर्तन ल्याई मनोसामाजिक असर कम गरी भविष्यमा असल नागरिक बनाउने उद्देश्यले तालिमको आयोजना गरेको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन सत्रमा जिल्ला अदालत डोटीका न्यायधीस, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सरकारी वकिल कार्यालयका प्रमुख लगाएको सहभागिता रहेको थियो ।
सात दिन सम्म सञ्चालन हुने तालिममा ५५ जना बालकहरू ९ जना बाल सुधार केन्द्रमा कार्यरत प्रहरीहरू सहभागी रहेका आयोजकले जनाएको छ तालिम बाल सुधार गृहको दुई वटा हलमा सञ्चालन रहने भएको छ । तालिमको सहजिकरण सम्बन्धित क्षेत्रका विज्ञले गर्ने आयोजकले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.