Sujang

यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार पत्रकार भण्डारीलाई

फागुन १२ गते ,धनगढी :यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालमा कार्यरत पत्रकार मुकुन्द भण्डारी सम्मानित भएका छन् । कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो ।

शनिबार धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले नगद् १० हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरे ।

डोटेली भाषा र संस्कृतिमा योगदान पुर्‍याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ । यो पुरस्कार सुदूरपश्चिमका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले स्थापना गरेका हुन् ।

सम्मानित भएका भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चारकर्ममा सक्रिय छन् । उनीलगायतले रेडियो नेपालमा डोटेली भाषाको समाचार र कार्यक्रम प्रसारणको सुरुवात गरेका थिए ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.