Sujang

चुरेमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते,दुईको अवस्था गम्भीर

फागुन ९ गते, कैलाली :कैलालीको चुरेमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । दुई जना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
बुधबार  चुरे गाउँपालिका-३ मा जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको थियो ।
बीस्फाेटक पदार्थ पड्किदा जेसिबी चालकसहित ४ जना घाइते भएकाे कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।
उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा रकञ्चनपुरका नवीन देव अवस्थी छन् ।
उक्त विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.