Sujang

तीन जनाले दिएको रगतले महिलाको ज्यान जोगियो

सरिता कठायत, फागुन ४ गते ,डोटी : जिल्ला अस्पताल डोटीमा तीन जनाले रक्तदान गर्दा एक महिलाको ज्यान जोगिएको छ ।

उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डोटीमा  भर्ना भएकी जिल्लाको शिखर नगरपालिका २ मुडेगाउँकी २२ वर्षकी चन्द्रा रावललाई  तीन जनाले ‘बि’ पोजेटिभ तिन पिन्ट रगत दिएर ज्यान जोगाएको हो।

अस्पतालमा कार्यरत डाक्टर नीराजन श्रेष्ठ , वास नेपालका सदस्य श्याम खड्का र जय कडायतले ‘बि’पोजेटिभ तीन  पिन्ट रगत सुत्केरी महिलालाई दिएका हुन्  ।

नर्मल सुत्केरी भएकी रावललाई ६ घण्टा पछि  एक्कासि  अत्यधिक रक्तस्राव भएपछि  मुडेगाउँ  स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल पठाएको मुडेगाउँ स्वास्थचौकीमा कार्यरत अनमि कल्पना विष्टले बताइन् ।

रगत अभावले ज्यान निक्कै जोखिममा रहेकोले आफूहरूले रक्तदान गरेको रक्तदाताहरूले  बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.