Sujang

जेहेन्दार विधार्थीहरूलाइ शैक्षिक सामाग्रीहरू हस्तान्तरण

Ban

फागुन ३ गते ,डोटी: जेहेन्दार विधार्थीहरूलाइ प्रोत्साहन स्वरूप पुस्तक व्यवसायीहरूको संस्था नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ डोटीले पुस्तक तथा स्टेशनरी सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

बुधबार सरस्वती पुजाको अवसर पारेर महासंघका अध्यक्ष खडक विक्रम शाहीले कुमालिकोट माध्यमिक विद्यालयका जेहेन्दार विधार्थीहरूलाइ शैक्षिक सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

 

कुमालीकोट माविका अनुसार विधालयका १२ जना जेहेन्दार विधार्थीहरूलाइ सो शैक्षिक सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।

विधालयका प्रधानाध्यपक प्रकाश बहादुर कठायतको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष खडक विक्रम शाही रहेका थिए भने विशिष्ट अतिथी केन्द्रिय सदस्य बासुदेव गौतम रहेका थिए ।

शैक्षिक सामाग्रीहरू हस्तान्तरण गर्दै जिल्ला अध्यक्ष शाहीले जेहेन्दार विधार्थीहरूको हौसलाका लागि निरन्तर सहयोग गरिने बताए ।

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.