Sujang

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा पपमाबी बिजय

माघ २९,सिलगढी: अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले २ विकेटले विजय भएको छ ।
सोमबार दिपायल एकेडेमी दिपायलले फाइनल खेलमा दिएको ८० रनको लक्ष्य पन्छ्याउँदै २ विकेटले विजयी भएको हो । ११ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार आयोजक टिम दिनेश नेपालीको कप्तानीमा प.प.मा.विले हात पारेको छ ।
यस्तै दृतिय पुरस्कार २० हजार दिपायल एकेडेमी दिपायल, तृतीय पुरस्कार १० हजार मर्निङ लाइट माध्यमिक विद्यालयले हात पारेको छ । प.प.मा.वि सिलगढी डोटीले विद्यालयको ७६ औँ वार्षिक उत्सवको उपलक्ष्यमा क्रिकेट प्रतियोगिता लगायत विविध शैक्षिक गतिविधि सञ्चालन गरी रहेको छ । २६ देखि भएको खेल २९ सोमबार  समापन भएको हो ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.